बुटवल १९ मा भत्कियो कांग्रेसको किल्ला

बुटवल १९ मा भत्कियो कांग्रेसको किल्ला

बुटवल : कांग्रेसको किल्ला भनेर चिनिने बुटवल उपमहारनरपालिका वडा नम्बर १९ मा नेकपा एमालेले जितेको छ। १ हजार ८५ मत लिएर एमालेका चन्द्र सिंह थापा विजयी भएका छन्। प्रतिस्पर्धी कांग्रेसका मिनप्रसाद श्रेष्ठले १ हजार ३२ मत लिएका छन्। उनीहरुबीचको मतान्तर ३२ छ। 

बुटवलका १९ वडामध्ये ०७४ सालको निर्वाचनमा कांग्रेसले चार वडा मात्र जितेको थियो। त्यसमध्ये वडा नम्बर १९ पनि हो। वडा नम्बर १९ सहित १, १३ र १८ जितेको कांग्रेसले अहिले १९ गुमाएको छ। विजयी भएका थापा यसअघिको निर्वाचनमा कांग्रेसका हिमबहादुर खत्रीसित १ सय ५९ मतको अन्तरले पराजित भएका थिए। पाँच वर्षपछि उनले वडाको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन्। 

यस वडामा साविक पत्थरगंज र भुडकैयाँ गाविस कांग्रेसले जित्दै आएको थियो। रानीवारी र मनोरापुर गाविस भने एमालेले जित्ने गरेको विगत छ। यी चारवटै गाविस गाभिएर बनेको वडामा कांग्रेसले जितेको थियो। यस वडा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडको निर्वाचन क्षेत्रसमेत हो। 

विजयी भएका थापा ०४७ सालदेखि ३२ वर्ष निरन्तर एमालेमा आवद्ध छन्। उनी पूर्व स्थायी शिक्षकसमेत हुन्। पाँच वर्ष अघि उनले शिक्षकबाट अवकाश लिएका थिए। सुरुदेखि मोतीपुर माध्यमिक विद्यालयमा उनले पढाएका छन्। ३६ वर्षीय शिक्षक पेशामा आवद्ध भएर अवकाश भएका थापाकै पहलमा मोतीपुर मावि बनेको हो। राष्ट्रिय शिक्षक संगठनको दुई कार्यकाल रुपन्देहीको जिल्ला कार्यसमितिमा रहेरसमेत उनले काम गरेका थिए। वडाको मुहार बदल्ने गरी सबैसँग समन्वय गरेर विकास गर्ने उनले प्रतिवद्धता सुनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.