रसुवाको नौकुण्ड-५ मा कांग्रेस प्यानल नै विजयी
रसुवा : रसुवाको नौकुण्ड गाउँपालिका-५ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। नेपाली कांग्रेसका श्याम बहादुर थिङले ६ सय ८७ मत ल्याएर विजयी भए।
उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका रामकुमार तामाङले ४ सय १ मत ल्याए। यस्तै माओवादी केन्द्रका उम्मेदवारले ३ सय ३९ मत ल्याए।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा यस वडामा एमाले विजयी भएको थियो।