बाजुराको गौमुल गाउँपालिकाको अध्यक्ष,उपाध्यक्षसहित ६ वडामा एमाले विजयी
बाजुरा : बाजुराको गौमुल गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका अध्यक्षका उम्मेदवार हरिबहादुर रोकाया र उपाअध्यक्ष सिता रोकाया (थापा) विजयी भएका हुन् ।
पालिकाको ६ वडामा अध्यक्षसहित सबै सदस्य उम्मेदवार गरी ३२ जना विजयी भएका छन् ।
दुवैजना २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष र उपाअध्यक्षमा विजयी भएका थिए ।
२०७४ सालको स्थानीय चुनावमा हरिबहादुर रोकायाले २ हजार २ सय ४० मत ल्याएका थिए भने नेपाली कांग्रेसका देवबहादुर रोकाया १ हजार ४ सय ९१ मतले पराजित भएका थिए । त्यस्तै, २०७४ को स्थानीय चुनावमा उपाध्यक्ष सिता रोकाया थापाले २ हजरा २ सय १ मत र नेपाली कांग्रेसकी उमा रोकायाले १ हजार ५ सय १० मत ल्याएकी थिइन् ।
उपाध्यक्ष सिता र उमा २०७४ पनि सँगै लडेकी थिइन्।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार अध्यक्ष हरिबहादुर रोकायाले ३ हजार ४ सय ३४ मत ल्याएर विजयी भएका छन। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका हिरेन्द्रबहादुर रोकायाले १ हजार ४ सय ७० मत ल्याएर पराजित भएका छन्।
उपाध्यक्षमा सिता रोकाया थापाले ३ हजार १ सय ९४ मत ल्याएर नेपाली कांग्रेसकी उम्मेदवार उमा रोकायालाई पराजित गरेकी छन् । उमाले १ हजार ७ सय ४४ मत ल्याएकी छन् ।
गौमुल गाउँपालिकामा ६ वडा छन् । सबै वडामा नेकपा एमालेले विजयी हासिल गरेको छ । गौमुल गाउँपालिकामा ३२ पदमा भएको निर्वाचनमा ३२ नै एमालेले विजयी हासिल गरेको छ ।
वडा नम्बर १ मा देवबहादुर रोकाया, २ मा देवबहादुर रोकाया, ३ मा गोरख बहादुर बोहोरा, ४ मा अम्मर बहादुर विक, ५ मा कलक बहादुर सिंह र वडा नम्बर ६ मा प्रकाशबहादुर रोकाया विजयी भएका छन् । यी सबै नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्।
नेपाली कांग्रेस गाउँपालिकामा क्लिन स्वीप भएको छ । २०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसले वडा नम्बर २ मात्र जितेको थियो। यो पटक भने कुनै पनि वडामा कांग्रेसले जित हासिल गर्न सकेन् ।