रसुवा मतगणना : एमाले १२, कांग्रेस ११ र माओवादी १ वडामा विजयी

रसुवा मतगणना : एमाले १२, कांग्रेस ११ र माओवादी १ वडामा विजयी

रसुवा : शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। जिल्लामा पाँचवटा पालिका र २७ वटा वडा छन्। 

२७ वडामध्ये २४ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमा एमालेले १२, कांग्रेसले ११ र माओवादीले एउटामा वडाध्यक्ष पद जितेको छ। 

सोमबार दिउँसो २ बजेसम्मको नतिजा अनुसार नेकपा एमालेले उत्तरगयाको १, २ र ३, गोसाइँकुण्डको १, ३, ५ र ६, आमाछोदिङ्मोको १, ३ र ४ र नौकुण्डको २ र ३ नम्बर वडा जितेको छ।

यस्तै नेपाली कांग्रेसले कालिकाको २, ३ र ४, नौकुण्डको १, ४ र ५, गोसाइँकुण्डको २ र ४, आमाछोदिङ्मोको २ र ५ तथा उत्तरगयाको ४ नम्बर वडामा विजयी भएको छ। नेकपा माओवादी केन्द्रले हालसम्म कालिका-१ मा मात्र जित हासिल गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.