हरिपुरमा कांग्रेसका पजियार निर्वाचित
मलङ्वा : सर्लाहीको हरिपुर नगरपालिकामा नेपाली कांग्रेसका गोपाल पजियार नगरप्रमुखमा निर्वाचित भएका छन्।
पजियारले माओवादी केन्द्रका सुनिलकुमार बुढाथोकीलाई ३ हजार ५१ मतले पराजित गरेका छन्। पजियारले ६ हजार ९ सय ३८ मत पाएका छन्।
उनका निकटतम प्रतिद्धन्दी बुढाथोकीले ३ हजार ८ सय ८७ मत ल्याएका छन्। उपप्रमुखमा कांग्रेसकै निलम राय यादव निर्वाचित भएकी छिन्।
उनले ५ हजार ५ सय ८३ मत ल्याएकी छिन्। उनका प्रतिद्धन्दी एकीकृत समाजवादीकी शिला कार्कीले ४ हजार ७६ मत प्राप्त गरेकी छिन्।