महोत्तरीका तीन पालिकामा लोसपाका वडाध्यक्ष निर्वाचित
![महोत्तरीका तीन पालिकामा लोसपाका वडाध्यक्ष निर्वाचित](https://annapurnapost.prixacdn.net/media/albums/losapa_20220515151256_IC048U1p84.jpg)
महोत्तरी : महोत्तरीमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का तर्फबाट ३ वडाध्यक्ष विजयी भएका छन्। आईतबार मतगणनाको क्रममा ६ वटा पालिकामा ३ मा लोसपा, १ मा नेपाली कांग्रेस, १ जनता समाजवादी पार्टी र १ जना नेकपा माओवादीको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका हुन।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार भंगहा नगरपालिका वडा नं. १ मा विपीन साह ९६१ मत ल्याई विजयी हासिल गरेका हुन। त्यस्तै महोत्तरी गाँउपालिका १ मा रंजित कुमार चौधरी सोही पार्टीको तर्फबाट ३७८ मत ल्याई विजयी हासिल गरेका हुन। यता लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मटिहानी नगरपालिका वडा नं. १ मा रंजितकुमार चौधरी विजयी हासिल गरेका छन्।
निर्वाचन अधिकृत कार्यालयका अनुसार मनरा सिस्वा नगरपालिका वडा नं. १० मा कांग्रेसका अरुणकुमार चौधरीले ७८० मत ल्याई विजयी भएका छन्। रामगोपालपुर नगरपालिका वडा नं. २ मा नेकपा माओवादीको मुकेश यादव निर्वाचित भएका हुन।
त्यस्तै पिपरा गाँउपालिका वडा नं. २ मा जनता समाजवादी पार्टीको तर्फबाट संजित यादव निर्वाचित भएका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)