छत्रदेव गाउँपालिकामा कांग्रेसका श्रेष्ठ विजयी
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार दिपक पन्थीलाई १ सय ८३ मतले पछिपार्दै अध्यक्षमा कांग्रेसका श्रेष्ठ विजयी भएका हुन्। श्रेष्ठले ७ हजार चारसय ७ मत ल्याउँदा पन्थीले ७ हजार दुईसय २४ मत पाउन सफल भए।
अध्यक्ष जितेका श्रेष्ठ नेपाली कांग्रेसको जिल्ला सदस्य, जिल्ला उपसभापती, जिल्ला विकास समिती सदस्यहुँदै हाल महाधिवेशन प्रतिनिधि छन्। अर्घाखाँचीका अन्य स्थानीय तहमा मतगणनाको अवस्था हेर्दा कांग्रेस कमजोर देखिएपनि छत्रदेवमा विजय हुँदा कांग्रेस कार्यकर्ता खुशी भएका छन्। २०७४ सालको स्थानिय निर्वाचनमा पनि यहाँ कांग्रेस नै विजयी भएको थियो।
यस्तै उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार मनी पन्थी ७ हजार ५ सय १९ मतका साथ विजयी भएकी छिन्।