दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
दैलेख : दैलेखको भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेले जीतेको गाउँपालिमा यो पटक अध्यक्षमा माओवादीका गणेशबहादुर थापा विजयी भएका हुन् ।
उनी २ हजार ८ सय ४६ मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
थापाले नेपाली कांग्रेसका दशरथ खड्का र नेकपा एमालेका शान्तिप्रसाद शर्मालाई पराजित गरेका हुन् ।
कांग्रेसका खड्काले दोस्रो स्थानमा रहेर २ हजार २ सय ३ मत ल्याउँदा तेस्रो स्थानमा रहेका एमालेका शर्माले १ हजार ९ सय ३४ मत प्राप्त गरे ।
गाउँपालिकाको अध्यक्षमा विजयी थापा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पराजित भएका थिए ।
यता, गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मिनाकुमारी खड्का विजयी भएकी छिन् । गाउँपालिकाको उपाध्यक्षमा विजयी खड्काले २ हजार ६ सय ८३ मत ल्याउँदा प्रत्यासी नेकपा माओवादी केन्द्रकी मनिषा सोनी विकले २ हजार २ सय ४७ र नेकपा एमालेकी बसन्ता शाहीले १ हजार ९ सय २२ मत प्राप्त गरेकी हुन् ।