रसुवाको उत्तरगया गाउँपालिकामा एमालेका उम्मेदवार विजयी
रसुवा : रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ। अध्यक्षमा माधव अर्यालले २९९९ मत पाए। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले २५६० मत पाए।
उपाध्यक्षमा एमालेकी चमेली गुरुङले ३१३४ मत ल्याएर निर्वाचित भइन्। उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुनितामाया गुरुङले २४५२ मत पाइन्।
अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा नेकपा एमालेका मारसिङ तामाङ, वडा नम्बर २ मा एमालेका टुकु सुवेदी, वडा नम्बर ३ मा एमालेका लालबहादुर तामाङ, वडा नम्बर ४ मा कांग्रेसका अमर बहादुर बुलुन र वडा नम्बर ५ मा माओवादीका यमनाथ आचार्यले जित हासिल गरेका छन्।
२०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेले विजयी हासिल गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
५