चौरपाटी गाउँपालिकामा कांग्रेस विजयी
अछाम : अछामको चौरपाटी गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसका भीमबहादुर साउद र उपाध्यक्षमा सरदेवि खड्का विजयी भएका छन्। अध्यक्ष साउदले ३ हजार ९८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिदन्द्धी एमालेका रामबहादुर आउजीले २ हजार ५०६ मत पाएका छन्।
साउदले १ हजार ४८६ मत अन्तरले जितेका छ्न्। त्यसैगरी निवर्तमान पालिका अध्यक्ष समाजवादीका हर्क साउदले एक हजार ४७४ पाएका छन्। हर्क साउद ०७४ सालको निर्वाचनमा १ मतले विजयी भएका थिए। भने अहिलेका निर्वाचित अध्यक्ष भीम साउदले एक मतले हारेका थिए।
उपाध्यक्षमा निर्वाचित सरदेवी खड्काले ३ हजार ७३४ मत पाएकी छन्। उनका निकटम प्रतिदन्द्धी एमालेका अनिता खड्काले २ हजार ४९१ प्राप्त गरेकी छन्।
७ वडा रहेको चौरपाटीमा ४ कांग्रेस, २ नेकपा एमालेले जितेका छन्।
वडा नं १ मा कांग्रेसका बिरबहादुर थापा, वडा नं २ मा काग्रेसका रणबहादुर साउद, वडा नं ३ मा एमालेका बिरेन्द्रबहादुर साउद, वडा नं ४ मा कांग्रेसका लालबहादुर धामी, वडा नं ५ मा कांग्रेसका हिमकर्ण खड्का, वडा नं ६ मा एमालेका डबलबहादुर खड्का र वडा नं ७ मा एमालेका ललित बोगटीले जितेका छन्।