ताप्लेजुङ्‌का ४ पालिकामा गठबन्धन विजयी

ताप्लेजुङ्‌का ४ पालिकामा गठबन्धन विजयी

ताप्लेजुङ : ताप्लेजुङको चारवटा स्थानीय तहको मतगणना सकिएको छ। गणना भएको चारवटै पालिका गठबन्धनले जितेको हो। पछिल्लो परिणाम अनुसार मिक्वाखोला गाउँपालिकामा नेपाली कांग्रेसका भक्तबहादुर कार्की २ हजार २३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिवश लिम्बूलाई ५९ मतलेपछि पार्दै निर्वाचित भएका हुन्।

लिम्बूले १ हजार ९ सय ६४ मत प्राप्त गरे। यस्तै पालिकाको उपाध्यक्षतर्फ गठबन्धनकै नेकपा माओवादी केन्द्रका डण्डु शेर्पा विजयी भए। शेर्पाले २ हजार १ सय ७४ मत प्राप्त गर्दै उनका प्रतिस्पर्धी एमालेकी मिनाकुमारी केदेमले १ हजार ७ सय ४३ मत प्राप्त गरिन्।

उता मैवाखोला गाउँपालिकामा माओवादी केन्द्रका विजय प्रकाश वनेम निर्वाचित भएका छन्। २ हजार ६ सय ९ मत प्राप्त गर्दै वनेम विजयी भएका हुन्। एमाले किल्ला भनिदैं आएको मैवाखोलामा यसपटक गठबन्धनले किल्ला भत्काएको छ। वनेमले निवर्तनमान गाउँपालिका अध्यक्ष राजन थत्लुङलाइ पराजित गरे। थत्लुङले २ हजार ५२ मत ल्याए। उपाध्यक्षमा गठबन्धनतर्फ नेपाली काँग्रेसकी कमल कुमारी लिम्बू निर्वाचित भईन्। उनले २ हजार ५ सय ४१ मत प्राप्त गरिन। जहाँ निवर्तनमान उपाध्यक्ष कौशिला थत्लुङलाइ २ हजार १ सय १ मत ल्याईन।

मैवाखोला गाउँपालिका एमाले सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईको गृह गाउँ हो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३२ सदस्यीय गाउँसभा रहने यो गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्षसहित ३२ मध्ये ३१ सभा सदस्य एमालेबाट निर्वाचित भएका थिए। यसपटक भने मैवाखोलाको ६ नम्बर वडा मात्रै जित्यो।

मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसका गठबन्धनका उम्मेदवार युक हां विर हांगाम डम्बरले २ हजार ८ सय ६९ मतसहित अध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका केदारजंग लिम्बूले २ हजार ७ सय ७० मत ल्याएका छन्। 
उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गाप्रसाद श्रेङचोङ्गवाङ २ हजार ५ सय ९८ मत ल्याएर निर्वाचित भए। उनलाई एमालेको समर्थन रहेका स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाले चुनौती दिएका थिए। शेर्पा १ हजार ६सय ५७ मत मात्रै प्राप्त गरे। त्यहाँ अध्यक्ष काँग्रेस र उपाध्यक्ष नेकपा एसले पाउने सहमति थियो।

उता फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बू (मुक्ति) निर्वाचित भएका छन्। लिम्बू २ हजार ६ सय ६० मत ल्याएर निर्वाचित भएका हुन्। उनले निवर्तनमान पालिका अध्यक्ष समेत रहेका नेकपा (एमाले) उम्मेदवार सरोज लिम्बूलाई ३ सय ४८ मतान्तरले पराजित गरे। सरोजले २ हजार ३ सय १२ मत ल्याएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका रविन साम्रा लिम्बू निर्वाचित भएका छन्। उनले २ हजार ३ सय ५८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेकी शान्ति माया लिम्बू (पौडेल) ले २ हजार २ सय १२ मत ल्याइन्।

अब दुई पालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। फुङ्लिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिकाको मतगणना आजै राति सम्ममा आईसक्ने बताईएको छ। फुङ्लिङ नगरपालिकामा नेपाली कांग्रेसको अग्रता रहेको छ भने आठराई त्रिवेणीमा नेकपा एमालेले अग्रता लिएको छ।

उता सिरिजंघा, सिदिंवा र पाथिभरा याङ्वरक गाउँपालिकाको भने मंगलबार दिउँसोसम्ममा सकिने बताईएको छ।  जिल्लाका ५१ वटा वडाको मतगणना सम्पन्न हुँदा नेकपा एमालले २६, नेपाली कांग्रेसले १२, नेकपा माओवादी केन्द्रले ८, नेकपा एकीकृत समाजवादीले २, स्वतन्त्रले २ र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक स्थानमा जितेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.