रसुवाको कालिका गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी
रसुवा : रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा हरिकृष्ण देवकोटाले २६२२ मत पाए। उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २२८३ मत पाए। माओवादीका उम्मेदवार सोमबहादुर तामाङले १५२२ मत ल्याएका छन्।
उपाध्यक्षमा कांग्रेसकी मिरा लामाले २८१० मत ल्याएर निर्वाचित भइन्। उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्टले २००२ मत पाइन्। यस्तै नेकपा समाजवादीका उम्मेदवार विष्णुप्रसाद देवकोटाले १ हजार ४० मत ल्याए।
अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका दावा तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेश बहादुर न्यौपाने, वडा नम्बर ३ मा कांग्रेसका फडिन्द्र प्रसाद न्यौपाने, वडा नम्बर ४ मा कांग्रेसका खेसम तामाङ र वडा नम्बर ५ मा कांग्रेसका सन्दीप पौडेलले जित हासिल गरेका छन्।
२०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा एमालेले विजयी हासिल गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
५