खिजीदेम्वामा जसपा विजयी, कांग्रेसले उपाध्यक्ष जित्दा एमाले क्लिन स्वीप

खिजीदेम्वामा जसपा विजयी, कांग्रेसले उपाध्यक्ष जित्दा एमाले क्लिन स्वीप

ओखलढुंगा : खिजीदेम्वा गाउँपालिका अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी भएका छन्।

नेपाली कांग्रेसको गढ मानिएको खिजीदेम्बामा जनता समाजवादीका उम्मेदवार शेर्पाले कांग्रेसका भुपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरे। उनले २ हजार ८८२ मत ल्याएर विजयी भए। कांग्रेसका बस्नेतले २ हजार ७५२ मत पाए। एमालेका रामबहादुर खत्रीले १ हजार ७१५ मत ल्याएर तेस्रो भए।

उपाध्यक्षमा कांग्रेसकी सुशिला तामाङ विजयी भएकी छन्। उनले २ हजार ८२४ मत ल्याउँदा जसपाले २ हजार २४१ र एमालेले उपाध्यक्षमा १ हजार ७१५ मत पाएको छ।

यसअघि खिजीदेम्बा नेपाली कांग्रेसको गढ थियो। यो कांग्रेसका पूर्वजिल्ला सभापति महेश कोर्मोचा र हालका केन्द्रीय सदस्य प्रदीप सुनुवारको गाउँ पनि हो। २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष उपाध्यक्षसहित बहुमत सिट कांग्रेसले जितेको थियो।

हाल ९ वटा वडा रहेको खिजीदेम्बाका ७ वडा कांग्रेस र २ वटा वडा जसपाले जितेको छ। कांग्रेसबाट वडा नम्बर २ मा सुरेन्द्रशंकर घिमिरे, ३ मा टंकराज सुनुवार, ४ मा होमबहादुर सुनुवार, ५ मा राम सुनुवार, ७ मा डिल्लीराम बस्नेत, ८ मा नगेन्द्र बस्नेत र वडा नम्बर ९ मा ङ्वाङफुरी शेर्पा विजयी भए।

जसपाका वडा नम्बर १ मा कुमार सुनुवार र ६ मा पासाङनिमा शेर्पाले जित हात पारे। अधिकांश वडा जिते पनि कांग्रेसले प्रमुखमा भने पराजय व्यहोरेको छ।

एमाले क्लीन स्वीप

२०७४ को निर्वाचनमा एमालेले ४ वडा जितेको एमाले यो पटक क्लीन स्वीप भएको छ। एमाले जिल्ला सचिव कमल न्यौपाने, प्रदेश सदस्य सुदिप सुनुवार तथा पालिका अध्यक्षका उम्मेदवार नेता रामबहादुर खत्रीका वडा समेत गुमाएको एमालेले पालिकाका ९ वडाभरिमा १ वडा सदस्यमा चित्त बुझाउनु परेको छ। अहिले वडा नम्बर २ मा १ सदस्य भने जित्न सकेको छ। २०७४ को निर्वाचनमा एमालेले ४ वटा वडा अध्यक्षसहित १७ पदाधिकारी जितेको थियो।

एमालेभित्रको गुटबन्दी र अन्तर्घातका कारण एमाले दोस्रोबाट तेस्रो शक्तिमा पुगेको छ। २०७४ पनि अन्तरघातकै कारण एमाले पराजित भएको थियो। जसपा भने डेढ वर्षमा पहिलो शक्तिका रुपमा उदाउन सफल भएको छ । विगत १८ महिनादेखि निरन्तर संगठनको काम गरेका जसपाका शेर्पाले पुराना र ठुला दलहरुलाई पराजित गरेर जसपालाई स्थापित गर्न सफल भएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.