पालिकामा पार्टी अल्मतमा परेपछि माओवादी केन्द्रका इन्चार्जले दिए राजीनामा

पालिकामा पार्टी अल्मतमा परेपछि माओवादी केन्द्रका इन्चार्जले दिए राजीनामा

रसुवा : रसुवाको कालिका गाउँपालिकामा पार्टीका उम्मेदवार विजयी गराउन नसकेपछि नेकपा माओवादी केन्द्र कालिकाका इन्चार्ज अर्जुनप्रसाद देवकोटाले राजीनामा दिएका छन् । 

उनले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको टिकटमा आन्तरिक प्रतिस्पर्धा हुँदा अल्पमतमा परेको र निर्वाचनमा पार्टीको उम्मेदवार विजयी गराउन नसकेकाले नैतिकताको आधारमा राजीनामा दिएको बताए।

कालिकामा एउटा वडामा माओवादी केन्द्रले प्यानलै जितेको थियो । बाँकी ४ वटा वडामा नेपाली कांग्रेसको टिम आयो । माओवादी केन्द्रले पालिकामा नेकपा एससँग गठबन्धन गरेको भएपनि पालिका अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा पराजय भोग्न पर्‍यो।

कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले २६२२ मत पाए । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २२८३ मत पाए । 

माओवादीका उम्मेदवार सोमबहादुर तामाङले १५२२ मतसहित तेस्रो भए । 

उपाध्यक्षमा कांग्रेसकी मिरा लामाले २८१० मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्टले २००२ मत पाइन् ।  यस्तै नेकपा समाजवादीका उम्मेदवार विष्णुप्रसाद देवकोटाले १ हजार ४० मत सहित तेस्रो नै भए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.