धवलागिरीमा एमालेको गड भत्काएर गठबन्धनका उमेद्वार विजयी

धवलागिरीमा एमालेको गड भत्काएर गठबन्धनका उमेद्वार विजयी

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । 

स्थानीय तह चुनावमा धवलागिरीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । गठबन्धनबाट अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुनले तीन हजार १२३ र उपाध्यक्षमा माओवादीका रेशम पुनले दुई हजार ८१२ मत पाएर निर्वाचित भएका सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए । 

अध्यक्षमा नेकपा एमालेकी उमेद्वार थमसरा पुनले दुई हजार ५४८ र उपाध्यक्षमा एमालेका प्रगति कार्कीले दुई हजार ६१८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सात वटा वडा रहेको धवलागिरी गाउँपालिकामा नेपाली कांग्रेसले २, एमालेले ३ र माओवादीले २ वटा वडामा अध्यक्ष जितेका छन् । गत चुनावमा धवलागिरीमा माओवादी र कांग्रेसले तालमेल गरे पनि एक एक वटा मात्र वडा जितेका थिए । यसपालि एमालेको गड भत्काएर जित हाँसिल गरेका हुन् । 

वडा नम्बर १ मा गठबन्धनबाट माओवादीका झक छन्त्याल, २ मा एमालेका अकप्रसाद विक, ३ मा कांग्रेसका देवेन्द्र रोका, ४ मा एमालेका यामबहादुर घर्ती, ५ मा कांग्रेसका अमर छन्त्याल, ६ मा एमालेका राजाराम उपाध्याय र ७ मा माओवादीका अशोक खत्री निर्वाचित भएका छन् ।  

खत्रीले ७५२ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका खुमबहादुर थापा (राजु)ले ६१८ मत पाएका छन् । वडा सदस्यहरु गठबन्धनका उमेद्वार निर्वाचित भएका छन् । १० हजार ९४० मतदाता रहेको धवलागिरीमा ६१ दशमलब १८ प्रतिशत अथवा छ हजार ६९४ मत खसेको थियो । ३७ पदका लागि ८४ जना प्रतिस्पर्धामा थिए ।  

म्याग्दीको ६ वटा मध्य चार वटा स्थानीय तह र ३६ वटा वडाको मतगणना सकिएको छ ।  मतपरिणाम सार्वजनिक भएका ३६ वटा वडामध्ये एमालेले १९, कांग्रेसले १३ र माओवादीले ६ वटा वडामा जित हाँसिल गरेका छन् । ८ वटा वडा, बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.