बर्दिबासमा स्वतन्त्रको दवदवा कायमै

बर्दिबासमा स्वतन्त्रको दवदवा कायमै

महोत्तरी : स्थानीय तह निर्वाचन अन्तरगतको अहिलेसम्मको मतपरिणाम अनुसार बर्दिबास नगरपालिकामा स्वतन्त्रतर्फको दवदवा कायमै रहेको छ। यो समाचार तयार पार्दासम्म बर्दिबास नगरपालिकामा स्वतन्त्रतर्फका मेयरका उम्मेदवार प्रल्हाद क्षेत्रीले ६२९८ मत ल्याएर अगाडि रहेका छन्।

त्यस्तै उनको निकटम प्रतिद्वन्द्वी नेकपा माओबादीका उम्मेवार राजु खडकाले २९६०  मत ल्याएका छन्। नेकपा एमालेका मेयर पदका उम्मेदवार टेकबहादुर वलम्पाकीले १८८२ मत ल्याएर चुनावी प्रतिस्पर्धामा रहेका छन्।

यता उपमेयरतर्फ स्वतन्त्रकी तारादेवी महतोले ४०४९ मत ल्याएका छन् भने नेकपा माओवादीकी उपमेयर कृष्णमाया गौतमले २७३१ मत ल्याएर दोस्रो स्थान कायम राखेको छ। एमालेकी उपमेयर पदकी उम्मेदवार दुर्गा दहालले २७३१ मत ल्याएको हो।

१४ वटा वडा रहेको बर्दिबासमा अहिलेसम्म वडाको मतगणना हुँदासम्म  ४ वडामा स्वतन्त्र, १ मा नेकपा माओबादी र १ मा नेकपा एमाले पार्टीले जित सुनिश्चित गरिएको छ। निर्वाचन अधिकृतको कार्यालय बर्दिबासका अनुसार स्वतन्त्रतर्फ वडाअध्यक्षतर्फ विजेताहुनेमा वडा नं. १३ मा लक्ष्मण सिंह महतो, वडा नं. १४ मा विजय महतो, वडा नं. ७ मा रामसोगारथ यादव भोरिल र वडा नं. १ मा भोला खडका छन्। यता अन्य विजेता वडाअध्यक्षहरुमा वडा नं. ८ मा समशेर सिंह लामा, वडा नं. २ मा एमालेका श्याम राजा विजयी भएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.