तुर्माखाँद गाउँपालिकामा एमाले विजयी
अछाम : अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बर विसि र उपाध्यक्षमा बिमला शाही विजयी भएका छन् । अध्यक्ष विसिले ३ हजार ५२३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४९३ मत पाएका छन्।
उपाध्यक्षमा निर्वाचित बिमला शाहीले ३ हजार ५०१ मत पाएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका अनुजा सिजापती बिष्टले ३ हजार ४५२ मत प्राप्त गरेकी छन्।
८ वडा रहेको तुर्माखाँदमा ५ कांग्रेस, २ नेकपा एमाले र १ माओवादीले जितेका छन्। वडा नं १ मा कांग्रेसका उपेन्द्र रावल, वडा नं २ मा कांग्रेसका नरेन्द्र शाही, वडा नं ३ मा एमालेका काशिराम बुढा, वडा नं ४ मा माओवादीका पदमबहादुर बिसि, वडा नं ५ मा कांग्रेसका महेन्द्रबहादुर शाही , वडा नं ६ मा कांग्रेसका टिकाराम न्यौपाने, वडा नं ७ मा कांग्रेसका भीमबहादुर चलाउने, वडा नं ८ मा एमालेका निरकबहादुर शाहीले जितेका छन्। तुर्माखाँदमा यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसले जितेको थियो।