धरान उपमहानगरपालिकामा गठबन्धन अगाडि :  स्वतन्त्र दोस्रो स्थानमा

धरान उपमहानगरपालिकामा गठबन्धन अगाडि :  स्वतन्त्र दोस्रो स्थानमा

 

धरान : धरान उपमहानगरपालिका जारी मत गणनको परिणाम अनुसार मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। 

मेयरमा कांग्रेसका किशोर राई ५ हजार १२१ मत प्राप्त गरी अग्रस्थानमा छन्। वडानम्बर ७ सम्मको मतगणना सकिँदा राइलाई स्वतन्त्र उम्मेदवार सामाजिक अभियन्ता हर्क साम्पाङले कडा चुनौती दिइरहेका छन्। 

हर्क एमालेकी मेयरकी प्रत्यासी मन्जु भण्डारीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका छन्। सम्पाङ्ले  ४४५० मत प्राप्त गरेका छन्। एमालेकी भण्डारीले ४४३४ मत प्राप्त गरेकी छन्। 

मतगणनाको रोचक प्रसंग के छ भने एमालेको पकड वाडमा वडाअध्यक्षले चुनाउ जित्दा मेयरमा एमालेको मेयर उम्मेदवारले भन्दा स्वतन्त्र उम्मेदवारले बढी भोट ल्याएका छ्न्। कांग्रेसको पकड वाडमा पनि स्वतन्त्र उम्मेदवारले समान भोट ल्याएपछि नतिजा अप्रत्याशित आउने अनुमान गरिएको छ। 

उपमेयरमा  माओवादीका अइन्द्रबिक्रम बेघाले ५७६० मत प्राप्त गरी अग्रस्थान कायम गरेका छ्न्। एमालेका पदम इस्बोले  ५३९९ मत प्राप्त गरी बेघालाई पछ्याइरहेका छन्। 

धरान ७ को वडाअध्यक्षमा एमालेका जीवन सुवेदी निर्वाचित भएका छन्। उनले ६८९ मत प्राप्त गरी जित हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्दीले ५७२ मत प्राप्त गरेका छन्। सदस्यहरुमा कांग्रेसका सुमित लामा, रमिता श्रेष्ठ र एमालेका राजेशराज मोक्तान डेकुकुमारी बिक विजयी भएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.