कांग्रेस नेता प्रदीप पौडेलको वडामा एमाले विजयी
तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको गृह वडामा नेकपा एमाले विजयी भएको छ। कांग्रेसको किल्ला मानिने शुक्लागण्डकी वडा नं ८ मा एमालेका नारायण सिं थापा मगर विजयी भएका हुन्। उनले १ हजार १८३ मत प्रप्त गरी विजयी हुँदा नेपाली कांग्रेसकी चन्द्राकला भट्टराइले १ हजार ४४ मत ल्याएकी छन्।
वडा सदस्यमा दुई वडा सदस्य एमालेले र दुई वडा सदस्य नेपाली काङ्ग्रेसले जितेको छ। एमालेबाट खुल्ला सदस्यमा अशोक महत १,१६८ र मानबहादुर क्षेत्री १०८२ मत प्राप्त गरी विजयी भए। महिला सदस्यमा कांग्रेसकी डम्बरकुमारी सिग्देल १०९२ र दलित महिला सदस्यमा सिर्जना विक १०८४ मत प्राप्त गरी विजयी भएका छन्।