दैलेखको चामुण्डाविन्द्रासैनी नगरमा कांग्रेस विजयी

दैलेखको चामुण्डाविन्द्रासैनी नगरमा कांग्रेस विजयी

दैलेख : जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयर र उपमेयर विजयी भएको छ । नगरको मेयरमा कांग्रेसका गणेश कुमार शाही ४०७० मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुर्यबहादुर शाहीले ३९९२ मत पाए । यो नगरमा तेस्रो शक्तिको रुपमा रहेको नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १४६२ मत पाए ।

उपमेयरमा नेपाली कांग्रेसकी मनसरा कुमारी शर्मा ४०३८ मत सहित निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी नन्दकुमारी विष्टले ३९९६ मत पाइन् । यस्तै नेपाल मजदुर किसान पार्टीकी राज कुमारी शाहीले १२४२ मत पाइन् ।

९ वटा वडा रहेको यो नगरमा नेपाली कांग्रेसले ३,  एमालेले ३ र नेमकिपाले ३ वटा वडा जितेको छ । नगरको वडा नम्बर १ मा नेमकिपाका उदे कामी, २ मा एमालेका थानेश्वर जैसी, ३ मा नेमकिपाका दिपबहादुर शाही, ४ मा काँग्रेसका भक्तबहादुर शाही, ५ मा एमालेका हस्तप्रसाद शर्मा, ६ मा कांग्रेसका बलिराम खड्का, ७ मा नेमकिपाका इन्द्रप्रसाद चौलागाई, ८ मा काँग्रेसका रत्नबहादुर शाही र ९ मा एमालेका प्रेम बहादुर रावल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले जितेको यो नगरमा अहिले कांग्रेस विजयी भएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.