म्याग्दीमा पाँच पालिका र ४० वडाको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते ?

म्याग्दीमा पाँच पालिका र ४० वडाको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते ?

बेनी : स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दीका पाँच स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।  

मतगणना सार्वजनिक भएका दुई पालिकामा एमालेले अध्यक्ष, उपाध्यक्ष दुवै, एकमा मेयर, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपमेयर र एक उपाध्यक्ष जितेका छन् । 

मतपरिणाम सार्वजनिक भएका ४० वटा वडामध्य एमालेले २०, कांग्रेसले १४ र माओवादीले ६ वडामा जित हाँसिल गरेका छन् । 

अन्नपूर्ण गाउँपाकिला र ५ वडाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । 

वैशाख ३० गते भएको स्थानीय तह चुनावमा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । कुल ८५ हजार ३७५ जना मतदाता रहेकोमा ५६ हजार ५४३ अथवा ६६.२३ प्रतिशत मत खसेको थियो । 

बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसी र उपमेयरमा माओवादीकी ज्योति लामिछाने पौडेल निर्वाचित भएका  छन्। मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित भएका छन् ।

रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएका छन् । मंगला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेकी प्रेमकुमारी अधिकारी (पेमा) निर्वाचित भएका छन् ।  

धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रेशम पुन विजयी भएका छन् । धवलागिरीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । 

एमालेबाट बेनपा १ मा टेकबहादुर थापा, ५ मा गोविन्द बानिया, ६ मा कृष्णसिंह वानिया, ८ मा उत्तमकुमार कर्माचार्य, १० मा मसविर रोका, मंगला १ कुहुँमा एकतिज रोका, २ बाबियाचौरमा धनबहादुर खाती क्षेत्री, ५ मा भुपेन्द्र खत्री, मालिका २ मा उदयबहादुर बुढाथोकी, ६ मा पथबहादुर रोका, ७ मा टकलाल पुन, धवलागिरी २ मा अकबहादुर विक, ४ मा यामबहादुर घर्ति, ६ मा राजाराम उपाध्याय, रघुगंगा २ भगवतिमा अमृत भण्डारी, ३ पिप्लेमा खिमबहादुर शाही, ७ मा रिम पाइजा, अन्नपूर्ण १ दोवामा दिलिपकुमार गर्बुजा, २ भुरुङ्ग तातोपानीमा ओमप्रकाश फगामी र ३ मा रमेश पुर्जा विजयी भएका छन् । 

कांग्रेसबाट बेनपा २ मा याम कार्की, ७ मा रमेशकुमार श्रेष्ठ, ९ मा चक्र केसी, मंगला ४ मा लालबहादुर रोका, मालिका १ मा टंकप्रसाद पुन, ४ मा भिजेन्द्रमान पुन, ५ मा मिम पुन, धवलागिरीमा ३ मा देवेन्द्र रोका, ५ मा अमर छन्त्याल, रघुगंगा १ मा बिलबहादुर फगामी, ४ मा पविन गर्बुजा, ५ मा मनबहादुर शेरपुजा, ६ मा मनकुमार शेरपुञ्जा र ८ मा गमान छन्त्याल निर्वाचित भएका छन् ।   

माओवादी केन्द्रबाट बेनपा ३ मा पदम पुन, ४ मा अणबहादुर खड्का (भगवान), मंगला ३ मा याम रोका, मालिका ३ मा मोतिप्रसाद बुढा, धवलागिरी १ मा झकबहादुर छन्त्याल र ७ मा अशोक खत्री निर्वाचित भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.