कांग्रेसको केन्द्रीय सदस्य मन्जु खाँडकै वडामा लजास्पद हार, एमाले विजयी

कांग्रेसको केन्द्रीय सदस्य मन्जु खाँडकै वडामा लजास्पद हार, एमाले विजयी

सिरहा : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मन्जु खाँडको वडा कर्जन्हा ३ मा कांग्रेस उम्मेदवारको लजास्पद हार भएको छ। त्यहाँ वडा अध्यक्षमा एमालेका उम्मेदवार प्रकाश कोइरालासहित प्यानल नै विजयी भएको हो।

केन्द्रीय सदस्य खाँड नेपाल महिला संघ केन्द्रीय महासचिव पनि हुन्। उनी गृहमन्त्री बालकृष्ण खाँडको पत्नी भएका कारण प्रभावशाली मानिन्छ। तर, स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा पनि कांग्रेसका उम्मेदवारलाई जिताउन सकेनन्।

आफूले मतदान गरेको वडा, नगरमा उनको प्रभाव खासै देखिएन।

यहाँ एमालेका वडाअध्यक्षमा उम्मेदवार कोइरालाले ४३६ मत ल्याएर विजयी भएका छन्। दोस्रो स्थानमा नेकपा एकीकृत समाजवादीका क्षेत्रलाल सिंह २७७ मत, तेस्रोमा जनता समाजवादी पार्टीका विश्वनाथ यादव २४६ मत र कांग्रेसका उम्मेदवार मानबहादुर पाण्डे २०२ मत मात्रै ल्याएर चौथोमा पुगेका छन्।

पाँचौँ स्थानमा स्वतन्त्र उम्मेदवार शुभनारायण महतोले १७१ मत, छैठोँ स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कपलेश्वर यादवले १३३ र जनमत पार्टीका उम्मेदवार रामस्नेही ठाकुरले ५२ मत ल्याएका छन्। उक्त स्थानमा १५१७ मतदान भएको थियो।

यहाँ उम्मेदवारी दर्ता गराएदेखि कांग्रेस नेतृ खाँडले प्रहरी र गुण्डा लगाएर धम्काएको निर्वाचित भएका वडाअध्यक्ष कोइरालाको आरोप छ। ‘आफूलाई पटक-पटक धम्काउने प्रयासहरु भएको छ। तर, आफू नडराई जनताको साथ पाएकोले विजयी भएको छु,’उनले भने,’मत माग्न जाँदा वा घरमा बसिरहँदा पनि पटक-पटक धाक धम्की सहेर निर्वाचित भएको छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.