स्याङ्जा आँधीखोलाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
स्याङ्जा : आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै विजयी भएका हुन्।
विश्व ८ सय २६ मतले अग्रता लिंदै अध्यक्षमा विजयी भएका हुन्। उनले ५ हजार १७७ मत पाउँदा प्रेमराजले ४ हजार ३५१ मत पाएका थिए।
उपाध्यक्षमा सीता थापाले ५ हजार २७३ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामचन्द्र पौडेलले ३ हजार ८१७ मत पाए। थापा र पौडेलबीच १ हजार ४५६ मतको अन्तर छ।
६ वटा वडा रहेको गाउँपालिकामा ४ वडामा एमाले र २ वडामा कांग्रेस विजयी भएको छ। वडा नं १, २, ४ र ५ मा एमाले र वडा नं ३ र ६ मा कांग्रेस विजयी भएको हो।
वडा अध्यक्ष हुनेमा १ देखि ६ सम्म क्रमश: पवनकाजी अधिकारी, कमलप्रसाद पौडेल, शेरबहादुर कार्की, सिंहबहादुर क्षेत्री, कृष्णप्रसाद पनेरु र नविन ढकाल नेतृत्वको समूह विजयी भएको हो।
२०७४ को निर्वाचनमा आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित ६ वटै वडामा नेकपा एमाले विजयी भएको थियो। तर, अहिले २ वडामा भने कांग्रेस विजयी भएको छ। आँधीखोला गाउँपालिकामा १६ हजार २५० जना मतदाता रहेकोमा १० हजार ८२५ मत खसेको थियो।