गौशालाको मेयरमा जसपाका महतो  हजार बढी मतले अगाडि

गौशालाको मेयरमा जसपाका महतो  हजार बढी मतले अगाडि

गौशाला : गौशाला नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार डा. दिपेन्द्र महतोले १ हजार बढी मतान्तरले अगाडि छन्।  मंगलबार बिहान ११ बजेको मतपरिमाणअनुसार डा. महतोले २६९० मत प्राप्त गरेका छन् । 

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्त गुरुङले १६६६ मत प्राप्त गरेका छन्।

नेकपा माओवादीका विष्णु लामाले ११८४ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार देवनारायण महतोले १०४४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अजयकुमार कुशवाहाले ६७२ मत प्राप्त गरेका छन् ।

यता, गौशाला नगरपालिकाको उपमेयरतर्फ जनता समाजवादी पार्टीकी उम्मेदवार रेणुकुमारी महतोले एक हजार बढि मतले अग्रता कायम राखेकी छिन् । उपमेयर महतोले २९०० मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी सुशिला कुशवाहाले १५९२ मत हाँसिल गरेकी छिन्। 

त्यस्तै, नेकपा माओवादीकी जनकदुलारी साहले ११८७ मत प्राप्त गरेकी छिन् । लोकतान्त्रिक समाजवादी पार्टीकी लालकुमारी लामाले ११२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

 ९ हजार २८ मत गणना गर्ने क्रममा ७८० मत वदर भएका थिए भने ८२४८ मत सदर भएको निर्वाचन अधिकृत मदनलाल जयसवालले बताएका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.