तनहुँमा सात पालिकाको छिनोफानो : एमाले ४, कांग्रेस २ र माओवादीको १ स्थानमा जीत

तनहुँमा सात पालिकाको छिनोफानो : एमाले ४, कांग्रेस २ र माओवादीको १ स्थानमा जीत

तनहुँ : दश स्थानीय तह रहेको तनहुँमा हालसम्म सात पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। बाँकी तीन पालिकामध्ये व्यास नगरपालिका बाहेक अन्य दुई पालिकामा मतगणना भइरहेको छ। सार्वजनिक मत परिणाम अनुसार नेकपा एमालेले चार, कांग्रेसले दुई र माओवादी केन्द्रले एक पालिकामा विजय हासिल गरेको छ।

जिल्लाको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ। कडा प्रतिष्पर्धाकाबीच एमालेका सुरेन्द्र थापा अध्यक्षमा र कांग्रेसकी पञ्चमाया गुरुङ उपाध्यक्षमा विजयी भए। अध्यक्षमा विजयी थापाले ३ हजार २२९ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष पुर्णसिं थापाले ३ हजार १६६ मत पाएका छन्। 

उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष करुणा गुरुङ दुई मतले पछाडि परिन्। कांग्रेसकी पञ्चमायाले ३ हजार २७ मत पाउँदा करुणाले ३ हजार २५ मत पाएकी छन्।

भिमाद नगरपालिकामा गठबन्धनलाई पराजित गरी नेकपा एमाले विजयी भएको छ। नेपाली कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनलाई पराजित गरी नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा एमाले विजयी भएको हो। 
प्रमुखमा दधिराज सुवेदी २ हजार २७२ मतान्तरले विजयी भए। सुवेदीले ८ हजार १२८ मत ल्याउँदा  उनका निकटतम प्रत्याशी काजिमान श्रेष्ठले ५ हजार ८५६ मत पाए। त्यस्तै उपप्रमुखमा शारदा खनाल दोहोरिएकी छिन्। खनालले ७ हजार ६६७ मत पाइन् भने उनका प्रतिद्धन्द्धी कांग्रेसका मिलन आलेले ७ हजार २०५ मत ल्याए।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (माओवादी) केन्द्रले जितेको छ। गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका हुन्। अध्यक्ष चुमान ३ हजार ९४० मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गिरबहादुर थापाले दुई हजार दुई सय ३० मत प्राप्त गरे। पराजित थापा निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। उपाध्यक्षमा अर्याल २ हजार ४ मत प्राप्त गरी विजयी हुदाँ प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी पवित्रा गौलीले २ हजार १ ८३ मत प्राप्त गरेकी थिइन्।

देवघाट गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका तिलबहादुर थापा विजयी भएका छन्। उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका भुवनसिं गुरुङ विजयी भए। अध्यक्षमा विजयी थापाले ४ हजार ३०६ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा (एमाले) का दुर्गबहादुर थापाले ३ हजार ४८३ मत पाएका थिए। पराजित थापा पनि निवर्तमान पालिका अध्यक्ष हुन्। त्यस्तै, उपाध्यक्षमा विजयी गुरुङले ३ हजार ७२१ मत प्राप्त गरे। प्रतिस्पर्धी नेकपा (एमाले) का सावित्री न्यौपानेले ३ हजार ४६७ मत पाइन्।

घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको छ। गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको हो। गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापाले ४ हजार  ३१ मत पाए। उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गङ्गा कुमालले ३ हजार ५५४ मत ल्याएका थिए। उपाध्यक्षमा नेकपा एमालेकै राधादेवी अधिकारी चार हजार चार सय ८१ मत प्राप्त गरी विजयी हुँदा नेपाली काङग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाले २ हजार ७४७ मत प्राप्त गरेका थिए। 

त्यस्तै, म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन्। उपाध्यक्षमा नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरे विजयी भएका हुन्। अध्यक्षमा निर्वाचित श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी हुन्। श्रेष्ठले ४ हजार ९५० मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका मायादेवी रानाले ४ हजार २३२ मत प्राप्त गरिन्। पराजित राना निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। उपाध्यक्षमा काङ्ग्रेसका बालकृष्ण घिमिरेले ५ हजार ३९ मत प्राप्त गरे भने एमालेका रत्नादेवी घिमिरेले ४ हजार २०० मत प्राप्त गरिन्। विजयी घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दोहोरिएका हुन्।

रिसिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जितेको छ। आइतबार दिउँसो सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा विजयी भएका हुन्। श्रेष्ठ र थापा दोस्रो कार्यकालका लागि दोहोरिएका हुन्।

जिल्लाको शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकामा मतगणना भइरहेको छ। शुक्लागण्डकीमा आजै  अन्तिम मत परिणाम आउने अनुमान गरिएको छ। कुल २५ हजार ७४७ मत खसेको शुक्लागण्डकीमा १९ हजार ७५१ मत गणना हुदाँ नेपाली कांग्रेसका प्रमुख उम्मेदवार कृष्णराज पण्डितले  १ हजार ४७३ को अग्रता लिएका छन्। पण्डितले ९ हजार २३१ मत प्राप्त गर्दा एमालेका मुक्तिनाथ तिम्सिनाले ७ हजार ७५८ मत ल्याएका छन्। 

उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका खुमबहादुर वि.कले ७ हजार ७५८ र एमालेकी फूलमाया वाग्लेले ७ हजार ५४७ मत पाएकी छिन्। भानु नगरपालिकामा पनि प्रमुखमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। व्यास नगरपालिकामा भने मत गणना सुरु नै भएको छैन। गएको शुक्रबार मतदानको क्रममा वडा नं ८ रिस्तीमा उम्मेदवार कुटाकुट भएपछि निर्वाचन आयोगले मतदान कार्य स्थगित गरी जेठ ०४ गते बुधबारलाई पुनः मतदान गर्न निर्देशन दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.