धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता फराकिलो हुँदै, पछ्याउँदै वड
धनगढी : धनगढी उपमहानगरपालिकामा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका गोपाल हमालले निरन्तर अग्रता कायम गरेका छन्। १७ हजार १ सय ५९ मत गणना हुदँ हमालले ७ हजार ८ सय १६ मत प्राप्त गरेका छन्। उनलाई कांग्रेसका नृपबहादुर वडले पछ्याइरहेका छन्। वडले ३८ सय ७१ मत प्राप्त गरेका छन्।
यस्तै एमालेका रणबहादुर चन्दले १९ सय २१ मत प्राप्त गरेका छन्।
उपमेयरतर्फ माओवादी केन्द्रकी शान्ती अधिकारीले ३४ सय १६ मतका साथ अग्रता कायम गरेकि छिन्। गठबन्धनबाट उम्मेदवारी दिएकी अधिकारीलाई एमालेकी कन्दकला रानाले पछ्याइरहेकि छिन्। रानाले ३३ सय ७ मत प्राप्त गरेकि छिन्।