जुम्लाका तीन पालिकामा कांग्रेस र एकमा माओवादी विजयी

जुम्लाका तीन पालिकामा कांग्रेस र एकमा माओवादी विजयी

जुम्ला : जुम्लामा स्थानीय तह निर्वाचनका लागि सबै दल एक्लाएक्लै चुनावी मैदानमा गएका थिए। मतपरिणाम अनुसार नेपाली कांग्रेसले तीन गाउँपालिकामा विजय हाँसिल गरेको छ। कांग्रेसले कनकासुन्दरी गाँउपालिका, हिमा गाउँपालिकामा र पातारासी गाउँपालिकामा विजय हासिल गरेको हो। माओवादी केन्द्र सिञ्जा गाउँपालिकामा विजय भएको छ।

  
कनकासुन्दरी गाँउपालिका 
कनकासुन्दरी गाँउपालिका अध्यक्षमा कांग्रेसका दामोदर आचार्य २८ सय ६ ल्याएर विजय भएका छन्। भने २५ सय ६२ ल्याएर माओवादी केद्रका धनबहादुर रावत पराजित भएका छन्। उपाध्यक्षमा कांग्रेसकी प्रेमकली बुढा २३ सय ८० ल्याएर विजयी भएकी छिन्। माओवादि केन्द्रकी रिता खत्री १९ सय ४५ पराजित भएकी छन्। 

पातारासी गाउँपालिका 
पातारासी गाउँपालिकामा कांग्रेसका पूर्णासिंह बोहोरा २७ सय ६८ ल्याएर विजय भएका छन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका हरीबहादुर बुढाले २६ सय ६८ ल्यएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रका जनमाया रोकाया २७ सय ५४ ल्यएर विजय भएकि छन्। भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सान्ती बुढाले २४ सय ६३ मत ल्याएकी छिन्।
 
सिञ्जा गाउँपालिका 
सिञ्जा गाउँपालिका माओवादी केन्द्रका पूर्णप्रसाद धिताल १९ सय ४९ मत प्राप्तगरी विजय भएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका नन्दराम बुढाले १८ सय ३१ मत ल्याएका छन्। उपाध्यक्षमा माओवादीकै सितली रोकायाले १९ सय ६६ मत ल्याएर विजय भएकी छिन। उनका प्रतिद्वन्द्वी कांग्रेसकी रजनकला शाहीले १ हजार ६९ मत ल्याएकि छन्। 

हिमा गाउँपालिका 
हिमा गाउँपालिकामा नेपाली कांग्रेसका लक्ष्मण शाही १८ सय ७२ मत प्राप्त गरी विजय भएका छन्। उनका प्रतिद्वन्द्वी माओवादीका अम्मराज शाहीले १४ सय २३ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेस कै सुपर्ना शाही १५ सय १८ मत प्रात्त गरी विजय भएकी छन्। उनका प्रतिद्वन्द्वी माओवादीकी कल्पना दमाई १४ सय ८९ मत प्राप्त गरेकी छिन्।
  
जुम्लाको अन्य पालिका मत तज गणाना जारी रहेको छ। जुम्लाकै चन्दननाग नगरपालिकामा स्वतन्त्रका उम्मेदवार राजुसिंह कठायत अग्रस्थानमा छन् भने तिला गाउँपालिकामा कांग्रेसका एकराज चौलागाई अग्रस्थानमा छन्।

तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाई ५ सय मत गणना बाँकी रहँदा उनी ७ सय ८५ मतले अगाडि छन्। गोठिचौर गाउँपालिकामा समाजवादीका जनक थकाली अगाडि छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.