बर्दियाको गेरुवा गाउँपालिकामा कांग्रेसको जीत
गुलरिया : बर्दियाको गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका जमानसिंह केसी विजयी भएका छन्। पालिकाको सवै वडाध्यक्षलगायत उपाध्यक्षसहित केसी विजयी भएका हुन्।
माओवादी केन्द्रका विश्व बहादुर थारुलाई १ हजार ७८ मतले पराजित गर्दै केसीले ७ हजार ६९८ मत प्राप्त गरेका छन्। अध्यक्ष पदमा तेस्रो भएको नेकपा एमालेका भरत बहादुर धामीले १ हजार ८५१ मत प्राप्त गरे। उपाध्यक्ष पदमा कांग्रेसकी लक्ष्मी कुमारी चौधरीले ७ हजार १५३ मत प्राप्त गरी विजयी भएकी छिन्।
उपाध्यक्षमा माओवादी केन्द्रकी लिला चौधरीले ६ हजार ५८३ मत प्राप्त गरिन्। उपाध्यक्षमा नेकपा एमालेकी मञ्जु शर्माले २ हजार २४३ मत प्राप्त गरेको गेरुवा गाउँपालिकाका निर्वाचन अधिकृत सुशिल देवकोटाले जानकारी दिए।
गेरुवा गाउँपालिकामा रहेको ६ वटै वडाहरुमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ। गाउँपालिकाको अध्यक्ष पदमा वडा नम्वर १ मा कर्मप्रसाद चौधरी, २ कृष्ण थारु, ३ निर्मल चौधरी, ४ महेन्द्र प्रसाद चौधरी, ५ धर्म प्रकाश थारु र ६ नम्वर वडामा कृष्ण गोपाल चौधरी विजयी भएका छन्।
गेरुवा गाउँपालिकाका विजयी अध्यक्ष केसी पुन अध्यक्षमा विजय प्राप्त गरेका हुन्।