सर्लाहीको बलरा नगरपालिकाको मेयरमा माओवादीका रामाशंकर कुशवाहा विजयी
मलङ्वा : सर्लाहीको बलरा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका रामाशंकर कुशवाहा निर्वाचित भएका छन्।
कुशवाहाले लोसपाका अभय कुमार सिंहलाई पछि पार्दै विजयी भएका हुन् ।
शिक्षक पेशाबाट राजीनामा दिएर चुनाबी मैदानमा उत्रेका कुशवाहा ४ हजार ६ सय ४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी सिंहले ३ हजार ६ सय ३१ मत प्राप्त गरेका छन ।
त्यसैगरी उपप्रमुखमा माओवादीकै कोशिला देवी ४ हजार ३ सय ५१ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रागन देवीले ३ हजार ७ सय ४० मत प्राप्त
गरिन्।