पर्वतको जलजलाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी
बेनी : पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित राजुले पाँच हजार ६५७ र उपाध्यक्षमा निर्वाचित दिपकले चार हजार ७९२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा एमालेका लालबहादुर अधिकारीले चार हजार १८४ र उपाध्यक्षमा एमालेकी सुनिता वरुवालले चार हजार ७१५ मत प्राप्त गरे। उपाध्यक्षमा ७७ मतले वरुवाललाई आचार्यले पराजित गरेका हुन् ।
जलजलाको ९ वटामध्ये पाँचमा एमाले, दुईमा कांग्रेस र दुई वडामा एमालेले जितेको छ।
१ मा एमालेका जकबहादुर रोका, २ मा प्रकाश घर्ती, ३ मा एकेन्द्र खत्री, ४ मा भरत खत्री, ५ मा तिलक जिसी, ६ मा कांग्रेसका बलबहादुर पुर्जा पुन, ७ मा माओवादीका टुङ्गनाथ आचार्य, ८ मा कांग्रेसका हरिविकास जिसी र ९ मा माओवादीका गौबहादुर पुर्जा निर्वाचित भएका छन् ।
जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित राजुप्रसाद आचार्य र दिपक आचार्य । तस्बिर : सन्तोष गौतम