अर्घाखाँचीको भुमिकास्थानमा मेयर जनमोर्चा र उपमेयरमा माओवादीका उम्मेदवार विजयी
अर्घाखाँची : भुमिकास्थान नगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चाका झबिलाल थापा र उपमेयरमा नेकपा माओवादीका बालकृष्ण बन्जाडे विजयी भएका छन्।
थापा ८ हजार ३ सय २४ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम थापाले ७ हजार ५ सय २४ मत प्राप्त गरेका छन्।
उपमेयरमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडे ७ हजार ५ सय ५८ मतका साथ विजयी भएका हुन्। उपमेयरका निकटतम प्रतिद्वन्द्वी एमालेका बसन्ता पौडेलले ६ हजार ८ सय ६४ मत प्राप्त गरेकी छिन्।