स्याङ्जाको अर्जुनचौपारीमा कांग्रेसका उम्मेदवार विजयी
स्याङ्जा : अर्जुनचौपारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी र सपना गुरुङ विजयी भएका छन्।
तिवारीले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका चिनुमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। तिवारीको ५ हजार २९१ मत पाउदा गुरुङले ३ हजार ३ सय ४७ मत छ।
उपप्रमुखमा गुरुङले १ हजार ६० मतको अन्तरले विजयी भईन। गुरुङले ४ हजार ८ सय २७ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका टंकप्रसाद खनालले ३ हजार ७ सय ६७ मत पाएका छन्।
६ वटा रहेको गाउँपालिकामा एउटावाहेक सबै वडामा नेपाली कांग्रेस विजयी भएको छ। पालिकाको १ देखि ६ सम्म क्रमशः रणबहादुर थापा, धनबहादुर गुरुङ, शोभाकान्त काफ्ले, भुवनसिंह गुरुङ, बद्रीप्रसाद पौडेल र नारायणप्रसाद ढकाल बिजयी भएका छन्। पालिकामा कांग्रेसकै बहुमत पुगेको छ।
अघिल्लो निर्वाचनमा अध्यक्षमा नेपाली कांग्रेसका दिर्घनारायण अर्याल र उपाध्यक्षमा नेकपा एमालेका चिनुमाया गुरुङ् निर्वाचित भएका थिए। उपविजेता गुरुङ अघिल्लो निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्।