स्याङजाको पुतलीबजारमा कांग्रेस उम्मेदवार विजयी
स्याङजा : पुतलीबजार नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। प्रमुखमा कांग्रेसका तुलसीराम रेग्मी र र उपप्रमुखमा देवी अर्याल विजयी भएका हुन्।
उनीहरु दुबैले नेकपा एमालेतर्फका प्रमुख र उपप्रमुखका प्रतिस्पर्धी सीमा क्षेत्री र महेश पुरीलाई क्रमश: २ हजार ४९४ र ९ सय ४७ मतले पछि पार्दे विजयी भएका हुन।
प्रमुख रेग्मीले १२ हजार ४९४ मत ल्याउँदा प्रतिस्पर्धी क्षेत्रीले १० हजार ९० मत पाएकी थिईन। उपप्रमुख अर्यालले ११ हजार ७४८ मत ल्याउँदा पुरीले १० हजार सात सय ६१ मत पाएका हुन्।
पुतलीबजारमा १४ वडा रहेकोमा कांग्रेसले ९ र एमालेले ५ वटा वडामा अध्यक्ष जितेको छ।
यसअघि २०७४ सालको स्थानीय तहमा नेकपा एमालेले नै प्रमुख उपप्रमुख जितेको थियो। अघिल्लो निर्वाचनमा पनि सीमा क्षेत्री र तुलसीराम रेग्मीबीच चुनावी प्रतिस्पर्धा थियो। ३७ हजार ७०८ मतदाता रहेको पुतलीबजारमा २५ हजार १४९ जनाले मतदान गरेका थिए।