डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी

डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी

डोटी : डोटीको सदरमुकाममा रहेको पुरानो दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका बाजि सिंह खड्का ‘विजय’र कल्पना साउद निर्वाचित भएका छन्। एमालेका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका हुन्।

नेकपा एमालेको गड मानिएको दिपायल सिलगढी नगरपालिकामा यसपटक भने नेपाली कांग्रेसले पाँच वटा वडासहित प्रमुख र उपप्रमुख जितेको हो। २०७४ को स्थानीय तहको निर्वाचनमा समेत खड्का नेकपा एमालेका मञ्जु मलासीसंग प्रमुखमा पराजित भएका थिए।

नगर प्रमुखमा खड्काले ५१३८ मत प्राप्त गरी जीत हात पारेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण मलासीले ३५१४ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीसँगको तालमेलमा उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार खगेन्द्र बहादुर साउँदले १९८३ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा पनि कांग्रेसकै कल्पना साउदले ४६६८ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रूपा कठायतले ४१२९ मत प्राप्त गरिन्। नेकपा माओवादी केन्द्रसँगको तालमेलमा उपप्रमुखमा उठेका नेकपा एसका ऐश्वर्य भण्डारी बिष्टले ५६८ मत प्राप्त गरिन।

९ वटा वडा रहेको दिपायल सिलगढी नगरपालिकामा ५ वटा वडामा नेपाली कांग्रेसले जित्दा २ वटा वडामा एमाले, १ वडामा माओबादी केन्द्र र १ वडामा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

नेपाली कांग्रेसको तर्फबाट वडा नम्बर १ मा कृष्ण बहादुर साउद, वडा नम्बर ३ मा नारायण सिंह साउद, वडा नम्बर ५ गणेश भण्डारी, वडा नम्बर ८ मा दशरथ बलायर र वडा नम्बर ९ मा हर्क बहादुर साउद विजयी भएका छन्।

नेकपा एमालेको तर्फबाट वडा नम्बर ६ मा नरेश मलासी, वडा नम्बर ७ मा कर्ण बहादुर बिष्ट विजयी भएका छन् भने वडा नम्बर २ का स्वतन्त्र उम्मेदवार राजेन्द्र खड्का बिजयी भएका हुन्।

योसँगै डोटीका नौ स्थानीय तहमध्ये सात स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ। जसमा पाँच पालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ भने एउटामा नेकपा एमाले र एउटामा नेकपा माओवादीले जित निकालेको छ। 

डोटीको दिपायल सपलगढी नगरपालिका, बडीकेदार गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिका र आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ भने जोरायल गाउँपालिकामा नेकपा एमाले र बोगटान फुड्सिल गाउँपालिकामा नेकपा माओवादीले जितेको छ।

शिखर नगरपालिका र केआईसिंह गाउँपालिकामा मतगणना जारी रहेको छ। दुबैमा नेपाली कांग्रेसले ठूलो मतअन्तरले अग्रता लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.