बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी

बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी

गुलरिया : बर्दियाको राजापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका दीपेश थारु र उपप्रमुखमा मनकला कुमारी चौधरी विजयी भएका छन्। नेपाली कांग्रेसका दिपक जंग शाह र यशोदा थारुलाई पराजित गर्दै राजापुरमा माओवादी केन्द्रले जित हात पारेको छ।

प्रमुख पदका थारुले ९ हजार ८०७ मत प्राप्त गरेका छन्। शाहले ९ हजार ७६० मत पाए। उप्रमुख पदमा माओवादी केन्द्रकी चौधरीले १० हजार ८६ मत प्राप्त गरी नेपाली कांग्रेसकी यशोदा थारुलाई पराजित गरिन्। कांग्रेसकी थारुले १० हजार मत प्राप्त गरिन्। प्रमुख पदमा ४७ मत र उपप्रमुख पदमा ४१ मतको मतान्तर रहेको निर्वाचन अधिकृतको कार्यालय राजापुरले जनाएको छ।

राजापुर नगरपालिकामा रहेका १० वटा वडाहरुमध्ये ५ वटा वडाको अध्यक्षमा माओवादी केन्द्र, ३ वटामा नेपाली कांग्रेस, एमाले र स्वतन्त्र गरी १-१ वडा जितेका हुन्। माओवादी केन्द्रबाट वडा नम्बर ३ मा प्रशान्त थारु, ४ मा विदुर पोखरेल, ६ मा असराज न्यौपाने, ८ मा राजेश थारु र वडा नम्वर १० मा शिवलाल थारु विजयी भएका छन्।

नेपाली कांग्रेसबाट वडा अध्यक्षमा वडा नम्वर १ बाट बाबुराम चौधरी, २ मा रामचन्द्र चौधरी र ९ मा विष्णु प्रसाद थारु विजयी भएका हुन्। स्वतन्त्रबाट वडा नम्वर ५ मा रमेश चौधरी, एमालेबाट वडा नम्बर ७ मा रामु थारु विजयी भएका छन्।

माओवादी केन्द्रबाट मेयरपदका विजेता दीपेश थारु लुम्बिनी प्रदेस सांसदबाट राजीनामा दिई निर्वाचनमा होमिएका हुन्। माओवादी केन्द्रकी उपप्रमुख मनकला कुमारी चौधरी पुन उपप्रमुखमा निर्वाचित भएकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.