शिवालयमा भत्कियो एमालेको किल्ला, कांग्रेसका शेरबहादुर शाही निर्वाचित

शिवालयमा भत्कियो एमालेको किल्ला, कांग्रेसका शेरबहादुर शाही निर्वाचित

जाजरकोट : नेकपा एमालेको गढ मानिने जाजरकोटको शिवालय गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शेरबहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन्।

यसअघि जितेको एमालेको गढ भत्काउँदै शाहीले चुनाव जितेका हुन्। शाहीले तीन हजार ३०३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रंगनाथ योगीले दुई हजार ७१८ मत प्राप्त गरे।

उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी गीता शाही विजयी भएकी छन्। उनले दुई हजार ६५९ मत प्राप्त गरेर विजयी भएकी हुन्। प्रतिद्वन्द्वी एमालेकी नैनसरा शाहीले दुई हजार ४२९ मत प्राप्त गरिन्।

नौ वटा वडा रहेको शिवालय गाउँपालिकामा कांग्रेसले ५, एमाले र माओवादी केन्द्रले दुई दुई वडा जितेको छन। २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले अध्यक्ष उपाध्यक्ष दुवै पदमा जित हासिल गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.