मधुवन नगरपालिकाको मेयरमा कांग्रेसका तेजबहादुर भाट विजयी

मधुवन नगरपालिकाको मेयरमा कांग्रेसका तेजबहादुर भाट विजयी

गुलरिया : बर्दियाको मधुवन नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका तेजबहादुर भाट र उप्रमुख पदमा अनिता चौधरी विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका भाट र चौधरी निर्वाचित भएका हुन्।

भाटले ८ हजार ७७५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्माले ७ हजार ९३१ मत प्राप्त गरे।

उप्रमुख पदमा कांग्रेसकी चौधरीले ८ हजार ३३५ मत प्राप्त गरी विजयी भएकी छन्। प्रतिस्पर्धी माओवादी केन्द्रकी शुभद्रा चौधरीले ७ हजार ८९९ मत प्राप्त गरिन्। मधुवनमा तेस्रो स्थान पाएको नेकपा एमालेका प्रमुख पदका उम्मेदवार धर्मराज थापाले ५ हजार ८०७ र उपप्रमुख सम्झना विकले ६ हजार ६४ मत प्राप्त गरेका छन्।

मधुवन नगरपालिकाको ५ वटा वडा कांग्रेसले, २ वटा माओवादीले र एमाले/स्वतन्त्र १/१ वडा जितेका छन्। निर्वाचन अधिकृतको कार्यालय मधुवनकाअनुसार कांग्रेसबाट वडा नम्वर १ को अध्यक्ष पदमा मिनबहादुर थापा, ४ मा बलिराम चौधरी, ५ मा दिलिप गुरुङ, ८ मा मेक बहादुर गुरुङ र ९ मा मिनप्रसाद शर्मा पौडेल विजयी भएका छन्।

माओवादी केन्द्रबाट वडा नम्वर २ मा आशाराम थारु, ७ मा राजेन्द्र हमाल विजयी भएका हुन्। स्वतन्त्रबाट वडा नम्बर ३ मा नारायण मल्ल तथा एमालेबाट वडा नम्बर ६ मा चन्द्र सिंह गुरुङ विजयी भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.