कानेपोखरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एमालेले जित्यो पाँच वडा

कानेपोखरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एमालेले जित्यो पाँच वडा

मोरङ : कानेपोखरी गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट राजमती ईङ्नाम बिजयी भएकी छन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसबाट संञ्जय भट्टराईलाई ३ हजार १२९ मतान्तरले पराजित गर्दै उनी बिजयी भएकी हुन्।

गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेबाटै भोलाप्रसाद अधिकारी बिजयी बने। उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसबाट मनकुमारी गुरुङलाई १ हजार ७५२ मतान्तरले पराजित गर्दै बिजयी बनेका हुन्।

कानेपोखरी गाउँपालिकाका ७ वटा वडामध्ये ५ वटा वडाहरुमा एमाले आफ्नो प्यानलसहित बिजयी भयो भने बाँकी २ वडाहरुमा नेपाली कांग्रेसले नेतृत्व लिएको छ।

वडा नं २, ३, ५, ६ र ७ मा एमाले सिङ्गो प्यानलसहित विजयी भएको हो।

वडा नं २ बाट वडाध्यक्षमा सुशिल बुढाथोकी, महिला सदस्य सावित्रा चौधरी, दलित महिला सदस्य किना ऋषिदेव, वडा सदस्यहरु केशव दाहाल, भिमबहादुर कार्कीसहित नेकपा एमालेको सिंगो प्यानल नै विजयी बन्यो।

वडा नं ३ बाट वडाध्यक्षमा गोपाल कार्की, वडा सदस्यहरु सरस्वती काफ्ले, डिल्लिमान गिरी, लोकबहादुर लिम्बु, अनारवती मुसहरसहित नेकपा एमालेको सिंगो प्यानल नै बिजयी बन्यो।

वडा नं ५ बाट वडाध्यक्षमा चरण गुरुङ, वडा सदस्यहरुमा दिपक लुइँटेल, रखिलाल चौधरी, सुशीला धिमाल, प्रमिला परियारसहित नेकपा एमालेको सिंगो प्यानल नै विजयी बन्यो।

वडा नं ६ बाट वडाअध्यक्षमा खड्गबहादुर बस्नेत, खुल्ला महिला सदस्य सुशिला श्रेष्ठ, दलित महिला सदस्य दुर्गा नेपाली, खुल्ला सदस्यहरु राजकुमार लिम्बु, नारायणकुमार बस्नेतसहित नेकपा एमालेको सिंगो प्यानल नै विजयी बन्यो।

वडा नं ७ बाट वडाध्यक्षमा मोहनप्रसाद अधिकारी, खुल्ला वडा सदस्यहरु जितबहादुर लिम्बु, जीवन सुब्बा (लिम्बु), खुल्ला महिला वडा सदस्य पदमकुमारी कार्की, दलित महिला सदस्य रुविना ताम्राकार (विक) सहित नेकपा एमालेको सिंगो प्यानल नै विजयी बन्यो।

१ नं वडामा भने वडाअध्यक्षमा कांग्रेससहित सदस्यहरुमा एमाले र कांग्रेसलाई मिश्रित मत प्राप्त भएको थियो। नेपाली कांग्रेसबाट वडाध्यक्षमा रत्नबहादुर कार्की १,१०८ मत प्राप्त गर्दै विजयी बने भने निकटतम प्रतिद्वन्दी एमालेका तोर्णबहादुर कार्कीले ८५२ मत प्राप्त गरे। महिला दलित सदस्यमा एमालेबाट तुलसादेवी नेपाली, खुल्ला सदस्य एमालेबाट रामजी भण्डारी, महिला सदस्यमा नेपाली कांग्रेसबाट बिमला वुडाथोकी, खुल्ला सदस्य नेपाली कांग्रेसबाट दिपेशकुमार थापा विजयी बने।

४ नम्बर वडामा नेपाली कांग्रेसबाट वडाध्यक्षमा रमेश रावत र सदस्यमा प्रदिप राई विजयी भएभने अन्य वडा सदस्यमा नेकपा एमालेबाट अविन्द्र घिसिङ, श्यामकुमारी विक र साउनी माझी बिजयी भएका छन्।

कुल जनसंख्या ४३ हजार १ सय ७७ रहेको कानेपोखरी गाउँपालिकाको कुल मतदाता संख्या ३४,०४५ मध्ये २२ हजार ७३३ जनाले १३ वटा मतदान केन्द्रहरुमा मतदान गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.