स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

स्याङ्जा : अर्जुनचौपारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी र सपना गुरुङ विजयी भएका छन्।  तिवारीले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका चिनुमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। तिवारीको ५ हजार २९१ मत पाउँदा गुरुङले ३ हजार ३ सय ४७ मत छ। 

उपप्रमुखमा गुरुङले १ हजार ६० मतको अन्तरले विजयी भइन्। गुरुङले ४ हजार ८ सय २७ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका टंकप्रसाद खनालले ३ हजार ७ सय ६७ मत पाएका छन्। ६ वटा रहेको गाउँपालिकामा एउटाबाहेक सबै वडामा नेपाली कांग्रेस विजयी भएको छ। पालिकाको वडा नम्बर १ देखि ६ सम्म क्रमशः रणबहादुर थापा, धनबहादुर गुरुङ, शोभाकान्त काफ्ले, भुवनसिंह गुरुङ, बद्रीप्रसाद पौडेल र नारायणप्रसाद ढकाल विजयी भएका छन्। पालिकामा कांग्रेसकै बहुमत पुगेको छ। 

अघिल्लो निर्वाचनमा अध्यक्षमा नेपाली कांग्रेसका दिर्घनारायण अर्याल र उपाध्यक्षमा नेकपा एमालेका चिनुमाया गुरुङ निर्वाचित भएका थिए। उपविजेता गुरुङ अघिल्लो निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.