जाजरकोटको नलगाड नगर प्रमुखमा माओवादी, उपप्रमुखमा कांग्रेस विजयी

जाजरकोटको नलगाड नगर प्रमुखमा माओवादी, उपप्रमुखमा कांग्रेस विजयी

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत नगरप्रमुखमा विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार रावतले नेकपा एमालेका धर्मबहादुर शाहीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। 

माओवादी केन्द्रका रावतले पाँच हजार पाँच सय ९९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका शाहीले तीन हजार छ सय २६ मत प्राप्त गरेका थिए। गत स्थानीय तहको निर्वाचनमा माआवादी केन्द्रले नगरप्रमुख र उपप्रमुख दुवै एक्लै जितेको थियो। 

उपप्रमुखमा सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका सरिता सिंह विजयी भएकी छन्। उनले पाँच हजार चार सय छ मत प्राप्त गरि विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिता बोहराले तीन हजार तीन सय ९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.