बर्दियाको बाँसगढी नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

बर्दियाको बाँसगढी नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

गुलरिया :  बर्दियाको बाँसगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका खडक बहादुर खड्का र इन्दिरा चौधरी विजयी भएका छन् ।

प्रमुखमा माओवादी केन्द्रका भवन कुमार थारु र उपप्रमुखमा नेपाली कांग्रेसकी आकाश थारुलाई पराजित गर्दै उनीहरुले जित हाँसिल गरेका हुन् ।

एमालेका विजयी खड्काले १० हजार ९४७ मत प्राप्त गरे । प्रतिस्पर्धी माओवादीका थारुले ९ हजार ७६३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी चौधरीले ११ हजार ३५ मत प्राप्त गरिन् ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका आकाश थारुले ८ हजार ५१२ मत प्राप्त गरिन् । बाँसगढी नगरपालिकाको ९ वटा वडाहरु मध्ये एमाले ३, कांग्रेस, ३ माओवादीले ३ स्थान जितेको छ ।

निर्वाचन अधिकृतको कार्यालय बाँसगढीका अनुसार एमालेबाट वडा नम्बर २ मा अर्जुन कुमार खड्का, ४ मा कृष्णप्रसाद वास्तोला र वडा नम्वर ८ को अध्यक्षमा तुल प्रसाद गौतम विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट वडा नम्बर ५ मा दहवा थारु, ७ मा बलिराम चौधरी र ९ मा चन्द्र बहादुर शाही विजयी भएका हुन् । 

माओवादी केन्द्रबाट वडा नम्बर १ मा जयराज पाण्डे, ३ मा रामचन्द्र थारु र वडा नम्बर ६ मा लाल बहादुर क्षेत्री अध्यक्ष पदमा निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.