महोत्तरीको रामगोपालपुरमा नेकपा एमालेका साह निर्वाचित

महोत्तरीको रामगोपालपुरमा नेकपा एमालेका साह निर्वाचित

महोत्तरी : महोत्तरीको रामगोपालपुरको नगरप्रमुखमा नेकपा एमालेका रामदुलार साह निर्वाचित भएका छन् । 

साहले निवर्तमान मेयर अशोककुमार मण्डललाई १ हजार ७६३ मतअन्तरले पराजित गरी रामगोपालपुरको नगरप्रमुखमा विजयी भएका हुन् ।

नेकपा एमालेबाट उम्मेदवारी दिएका रामदुलार साहले ५ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् । त्यस्तै, उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादीकातर्फका उम्मेदवार एवम् निवर्तमान नगरप्रमुख अशोक कुमार मण्डलले ३ हजार ५ सय ८६ मत मात्र प्राप्त गरेका थिए । 

त्यस्तै, उपप्रमुखतर्फ एमालेकी रिना देवी यादव विजयी भएकी हुन् । यादवले ४ हजार २ सय ६३ मत ल्याई विजयी हाँसिल गरेकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पा देवी कुशवाहालाई ८६० मतान्तरले पराजित गरेकी हुन् ।

कुशवाहाले ३ हजार ४०३ मत प्राप्त गरेकी थिइन् । १९ हजार ७५८ कुल मतदाता रहेको रामगोपालपुरमा १३ हजार ५९१ म्तदाताले मतदान गरेका थिए । रामगोपालपुर नगरपालिकामा ९ वटा वडामध्ये ४ वटामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले वडाअध्यक्ष पदमा विजयी हाँसिल गरेका हुन् । 

निर्वाचन आयोगका स्रोतका अनुसार नेकपा एमालेका ३, नेपाली कांग्रेसका १ र जनता समाजवादी पार्टीको तर्फबाट १ वडामा विजयी प्राप्त गरेका हुन । स्रोतका अनुसार नगरपालिकाको वडा नं. १ मा माओवादी केन्द्रका विजय कुमार मण्डल ,वडा नं. २ मा मुकेश कुमार यादव, वडा नं. ८ मा राम पदारथ मण्डल र वडा नं. ९ मा नागेश्वर प्रसाद मण्डल विजयी भएका छन् । 

त्यस्तै, वडा नं. ३ मा नेकपा एमालेका जय नारायण मण्डल, वडा नं. ४ मा एमालेकै कारी कामाख्या महतो र वडा नं. ७ मा एमालेका शम्भु साह तेली रहेका छन् । यता वडा नं. ६ मा भने लोकतान्त्रिक समाजवादी पार्टीका शिवचन्द्र महतो निर्वाचित भएका छन् भने नेपाली कांग्रेसका मकेश्वर कुमार शर्मा वडा नं. ५ को वडाअध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय रामगोपालपुरले जनाएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार मोहन पाण्डेय मनरा सिस्वा नगरपालिकाका प्रमुख पदमा निर्वाचित भएका छन् । पाण्डेयले आफ्ना निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार महेन्द्र रायलाई पराजित गर्दै प्रमुख पदमा विजयी भएका हुन् ।

पाण्डेयले ५८८४ मत प्राप्त गरेका छन् भने निजको प्रतिद्वन्दवी महेन्द्र रायले ४९२० मत प्राप्त गरेका छन् । 

त्यस्तै, निवर्तमान प्रमुख संजयकुमार साहले २७७२ मत ल्याएर तेस्रो स्थान हाँसिल गरेका हुन् । सोही पालिकाको उपप्रमुखमा सकुन्तलादेवी निर्वाचित भएकी हुन् । 

((


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.