गुलरिया नगरपालिकामा कांग्रेसका मुक्तिनाथ र सावित्रा विजयी

गुलरिया नगरपालिकामा कांग्रेसका मुक्तिनाथ र सावित्रा विजयी

गुलरिया : बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकाको नेपाली कांग्रेसका प्रमुख र उप्रमुख विजयी भएका छन्। नेकपा एमालेका अमरबहादुर खड्का र टिका संसेली मगरलाई पराजित गर्दै मुक्तिनाथ यादव र सावित्रा गौतम विजयी भएका हुन्।

गुलरिया नगरपालिकाको प्रमुख पदमा पुनः निर्वाचित भएका यादवले ७ हजार ९८९ मत प्राप्त गरे। विजेता उपप्रमुख गौतमले ८ हजार २०७ मत प्राप्त गरेकी छन्। एमालेका खड्काले ७ हजार ८११ मत प्राप्त गरे। एमालेकी संसेली मगरले ७ हजार ४६२ मत प्राप्त गरिन्। तृतीय स्थानमा रहेका माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार गेहेन्द्र ढकालले ५ हजार १० र उपप्रमुख इन्दिरा सुवेदीले ४ हजार ९३९ मत प्राप्त गरिन्।

गुलरिया नगरपालिकाको १२ वडामध्ये नेपाली कांग्रेसले ४ वडा, माओवादी केन्द्र र एमालेले ३/३ वडा जनमत पार्टी र जनता समाजवादी पार्टीले १/१ वडामा जीत सुनिश्चित गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसबाट वडा नम्बर १ मा जोगीराम थारु, ४ मा सुरेश गौतम, ६ मा शुधांशु प्रकाश शर्मा (लालु) र वडा नम्बर ७ को वडा अध्यक्षमा मनोजकुमार यादव विजयी भएका छन्।

    
नेकपा एकालेबाट वडा नम्बर २ मा टंकप्रसाद अधिकारी, ३ मा सर्वजित यादव, ५ मा मुमबहादुर मल्ल विजयी भएका हुन्। माओवादी केन्द्रबाट वडा नम्बर ८ मा धर्मेन्द्रकुमार बानिया, ९ मा हरिप्रसाद पासवान र वडा नम्बर १२ मा रामकुमार थारु विजयी भएका छन्। जनमत पार्टीबाट वडा नम्बर १० मा लक्ष्मी नारायण लोध र जनता समाजवादी पार्टीबाट वडा नम्बर ११ मा विष्णु यादव विजयी भएका हुन्। नगरप्रमुख पदका यादव पुनः निर्वाचित प्रमुख हुन्। उपप्रमुख गौतम गुलरिया नगरपालिका वडा नम्बर ५ की निवर्तमान वडाअध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.