काभ्रेको खानीखोला गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेसका विजयी
काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्वा निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित थिङले ४ हजार ४ सय ८५ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले ३ हजार १ सय ५६ मत पाए।
अध्यक्षमा थिङ्ले १३३० मतअन्तर ले जितेका हुन् । पालिकाको उपाध्यक्षमा जिम्वाले ४ हजार ३ सय २७ मत र एमालेकी रुकमणि गुरुङले २ हजार ९ सय ८७ मत प्राप्त गरे ।
जिम्बाले १३४१ मत अन्तरले जितेका हुन् ।
७ वटा वडा रहेको खानीखोला गाउँ पालिकामा माओवादी केन्द्रले ४ र कांग्रेसले २ र एमालेले एक वडामा जित हाँसिल गरेका छन् ।
खानिखोला गाउँपालिका ०७४ को निर्वाचनमा पालिका अध्यक्ष उपाध्यक्ष दुवै नेकपा एमालेका उम्मेदवारले जितेका थिए ।
जिल्लामा दुई पालिकाको मात्र अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
यसअघि मगलबार भुम्लु गाउँपालिकामा गठबन्धनले अध्यक्ष उपाध्यक्ष जितेको थियो।