धरान उपमहानगरपालिकामा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता
धरान : धरान उपमहानगरपालिकामा जारी मतगणनको परिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई पछि पार्दै स्वतन्त्रका हर्क सम्पाङ्ले अग्रता लिएका हुन् ।
स्वतन्त्र उम्मेदवार हर्कले ८१४० मत प्राप्त गरी अग्रता लिएका छन् । कांग्रेसका किशोरले ८१२६ मत प्राप्त गरेका छन्।
चार दिनदेखि अग्रता लिएका किशोर राईलाई हर्कले १४ मतटले अग्रता लिएका छन् । धरानको मतगणनाको रोचक प्रसङ्ग के छ भने एमाले र कांग्रेसले वडाअध्यक्षमा अग्रता लिइरहँदा हर्कले दुवै उम्मेदवारभन्दा बढी मत ल्याउन ल्याएका छन्।
उपमेयरमा भने गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । उपमेयरमा माओवादीका अइन्द्रविक्रम बेघाले ९१३६ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छ्न् । एमालेका पदम इस्बोले ८८५१ मत प्राप्त गरी बेघालाई पछ्याइरहेका छन् ।