राजेन्द्र महतोको गृहपालिका कांग्रेसले खोस्यो, लोसपाका महेन्द्र महतो पराजित

राजेन्द्र महतोको गृहपालिका कांग्रेसले खोस्यो, लोसपाका महेन्द्र महतो पराजित

मलंगवा : सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो विजयी भएका छन्।

चन्द्रनगर लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता राजेन्द्र महतोको गृहपालिका हो। यहाँ राजेन्द्रका दाई महेन्द्र महतो गाउँपालिका अध्यक्ष थिए। लोसपाले सम्हालिरहेको गाउँपालिका कांग्रेसले जितेको हो। 

कांंग्रेसका राजकुमारले माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र मुखियालाई ४५९ मतले पछि पार्दै विजयी भएका हुन्। महतोले ३ हजार ९९५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मतमात्र पाएका छन्।

राजकुमारले निवर्तमान गाउँपालिका अध्यक्ष लोसपाका महेन्द्र महतोलाई पनि पराजित गरे। २ हजार ८८५ मतसहित तेस्रो स्थानमा खुम्चिएका महेन्द्र लोसपाका शीर्ष नेता राजेन्द्र महतोका दाई हुन्। २०७४ सालमा उनी अध्यक्ष भएका थिए।

उपाध्यक्षमा माओवादी केन्द्रकी गीता देवी महतो ३ हजार ८६० मतसहित विजयी भएकी छन्। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी मंजु देवीले २ हजार ९५८ मत प्राप्त गरेकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.