मतदान कार्य रद्ध भएको रिस्तीमा पुनः मतदान कार्य सुरु
तनहुँ : जिल्लाको व्यास नगरपालिका-८ रिस्तीमा बैशाख ३० गते भएको मतदान कार्य निर्वाचन आयोगले रद्ध गरेपछि बुधबार पुनः मतदान भइरहेको छ। रिस्तीस्थित गाविस भवन फेदी मतदान केन्द्रमा विहान ७ बजे स्थानीय ९९ वर्षीय वृषसिंह गुरुङले दोस्रो पटक स्ट्रेचरमा आएर पुनः पहिलो मत हालेपछि मतदानको शुभारम्भ भएको हो।
बैशाख ३० गते दिउँसो ३:०० बजपछि व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशी कुटिएपछि निर्वाचन आयोगले मतदान रद्द गर्ने निर्णय गरेको थियो।
गाविस भवन फेदी अन्तर्गत (क) मतदान केन्द्रमा सात सय ५६ र (ख) मतदान केन्द्रमा आठ सय २० मतदाता रहेका छन्। जिल्ला प्रशासन कार्यालय तनहुँले मतदान केन्द्रमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको छ।
निकै कडाईको साथ अहिले मतदान भइरहेको छ।