रसुवामा पूर्ण बदर मतको संख्या घट्यो

रसुवामा पूर्ण बदर मतको संख्या घट्यो

रसुवा : शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा रसुवामा न्यून मत बदर भएको छ। २०७४ सालमा भएको निर्वाचनको तुलनामा यसपटक निकै कम मत बदर भएको हो।

२०७४ सालमा भएको निर्वाचनमा २२ हजार ६ सय ८९ मत खसेकोमा १ हजार ६ सय २८ मत बदर भएको थियो। यो ७ दशमलब ५ प्रतिशत हो। तर यसपटक ३० हजार ४ मत खसेको ३ सय १० वटा मत मात्र पूर्ण बदर भएको छ। यो १ दशमलब ३ प्रतिशत हो। 

नतिजा अनुसार आमाछोदिङ्मो गाउँपालिकामा ३२, उत्तरगयामा ३७, कालिकामा ३९, गोसाइँकुण्डमा १३ र नौकुण्डमा १ सय ८९ मत बदर भएको हो। यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएतापनि बदर मतको संख्या कम देखिएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए। 

जिल्लाको आमाछोदिङमोमा ५ हजार ६० मतदाता मध्ये ४ हजार २ सय १४, उत्तरगयामा ८ हजार ४ सय २ मध्ये ६ हजार ५ सय १६, कालिकामा ८ हजार ६ सय ५६ मध्ये ६ हजार ७ सय ७३, गोसाइँकुण्डमा ५ हजार ८ सय ९० मध्ये ४ हजार ७ सय ७३ र नौकुण्डमा १० हजार ५ सय ३७ मध्ये ७ हजार ७ सय २६ ले मतदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.