दुधौली नगर प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेस विजयी

दुधौली नगर प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेस विजयी

सिन्धुली : दुधौली नगरपालिकामा गठबन्धन दलका उम्मेदवारहरु विजयी भएका छन्। नगरको प्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका दिनेश अधिकारी भारी मतान्तरसहित विजयी भएका हुन्। अधिकारी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण कार्कीलाई ५ हजार १८६ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकारीले १५ हजार ८ सय ३८ मत पाएका छन्। कार्कीले १० हजार ६ सय ५२ मत पएका छन्।  दुधौलीमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन थियो। एमाले एक्ले चुनावी मैदानमा थियो। 

प्रमुखमा निर्वाचित अधिकारी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका घनश्याम राउतसँग मेयर पदमा ३७५ ले पराजित भएका थिए। 

यस्तै दुधौली नगरपालिकाको उप मेयरमा कांग्रेसका चन्द्रकिशोर थारु विजयी भएका छन्। उनले १४ हजार २ सय  १३ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी बालकुमारी अधिकारीले १० हजार ६ सय ११ मत पाएकी छिन्। बालकुमारी अधिकारी २०७४ सालको स्थानीय तहको निर्वाचनमा दुधौली नगरपालिकाको उपमेयरमा निर्वाचित थिइन्। 

दुधौली नगरपालिकामा प्रदेश सभा सदस्यमा पराजित गंगा गिरी नेपाली कांग्रेस (विपी) बाट मेयरमा ५ सय ४१ मत प्राप्त गरेका छन्। दुधौली नगरका १४ वडामा नेपाली कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष र वडा सदस्यहरु निर्वाचित भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.