धरानको मतगणना स्थलमा सेना परिचालन
धरान : धरान उपमहानगरपालिका वडा नम्बर २० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइए पश्चात् माओवादी केन्द्रका कार्यकर्ताले आन्दोलन सुरुगरेपछि धरानको मत गणनास्थलामा सेना परिचालन भएको छ।
माओवादी कार्यकर्ताहरुले जनताले दिएको मत सदर गर्नुपर्ने माग राखेर आन्दोलन चर्काए पश्चात् मतगणनास्थल पब्लिक माबिमा सेना परिचालन गरिएको हो।
धरान-२० को २०२१ मत खसेको थियो। सबै मत गणना गर्दा हस्ताक्षर बिनाको १८ मत बदर गरिएपछी कांग्रेस उम्मेदवारले जित्ने निश्चित भएपछि माओवादीले आन्दोलन चर्काएको छ।
१८ मत सदर गरिए माओवादीको ११ भोट सदर हुने छ र माओवादी उम्मेदवारले विजय गर्ने भएपछि माओवादी आन्दोलित भएको हो।
१८ मत मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि निर्वाचन अधिकृतको कार्यालयले बैठक बसि मतदान अधिकृतलाई विभागिय कारवाही गर्ने निर्णय गरेका छन्।
माओवादीका नेता राजेन्द्र किरातिले १८ मत सदर नगरिए धरान २० मा पुनः मतदानको ब्यवस्था गर्न माग गरेका छन्। उनले जनताले दिएको मत मतदान अधिकृतको चरम लापरवाहीले बदर भएको भन्दै आपत्ती प्रकट गरे।